दफा ४१
खुला कारागार सम्बन्धी व्यवस्था
(१) प्रचलित कानून बमोजिम खुला कारागारमा राख्न सकिने कैदीलाई कारागार प्रशासकले त्यस्तो कारागारमा राख सिफारिस गर्न सक्नेछ।

(२) खुला कारागारमा रहेका बन्दीलाई देहायको काममा खटाउन सकिनेछ:ः-

(क) नेपाल सरकार वा प्रदेश सरकार मातहत सञ्चालित विकास -आयोजना वा कार्यक्रममा वा कुनै सार्वजनिक निकायमा काम गर्न,

(ख) स्वयंसेवकको रुपमा काम गर्न, वा

(ग) क्षमता तथा सीपविकास सम्बन्धी तालिम लिन।

(३) उपदफा (२) को खण्ड (क) बमोजिम काममा खटाइएको बन्दीलाई योगदानको आधारमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोकिए बमोजिमको पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ।

तर आंशिक समय काम गर्ने बन्दीलाई योगदानको आधारमा तोकिए बमोजिमको पारिश्रमिक उपलव्ध गराउनु पर्नेछ।

(४) खुला कारागारमा रहेका बन्दीको विवरण कारागार प्रशासकले तोकिए बमोजिमको ढाँचामा राख्नु पर्नेछ।